रौतहट, १ बैसाख । रौतहटका एक युवकमा कोरोना भाइसरको संक्रमण देखिएको छ । भारतबाट केही दिनअघि घर आएका युवकमा कोरोनाको संक्रमण देखिएको हो ।
रौतहटको ईशनाथ नपाको क्वारेन्टाइनमा रहेका १९ बर्षिय युवकमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी केही दिन अघि दिल्ली बाट आएका बताइएको छ ।
आजै कैलालीमा पनि एक महिलामा कोरानोको संक्रमण देखिएको छ । नेपालमा कोरानाको संक्रमण १४ जनामा देखिएको र एक जना निको भएका छन भने १३ जना उपचारमा छन ।