सर्लाही, ३० चैत । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मलंगवाले सर्लाही र रौतहट जिल्लाका ३२ वटा क्वारेन्टाइनहरुमा खानेपानी तथा सरसफाइ सामाग्री वितरण शुरु गरेको छ ।
प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले विश्वमै महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण रोकथाम तथा त्यसबाट सर्वसाधारलाई जोगाउने उदेश्यले तयार पारेको कार्यविधि अनुसार मलंगवा स्थित डिभिजन कार्यालयले कोभिड १९ को संक्रमण तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको लागि मन्त्रालयबाट पठाएकोरु खानेपानी तथा सरसफाइ सामाग्रीहरु वितरण शुरु गरेको हो ।
सर्लाहीका ८ र रौतहटका १४ वटा क्वारेन्टाइनमा कोरोना भाइरस संक्रमणको आशंकामा मानिसहरुलाई राखिएको छ ।क्वारेन्टाइनमा रहेका अधिकांश मानिसहरु भारतबाट आएका छन् ।