रौतहट ३०, चैत । रौतहट जिल्लाको फतुवा बिजयपुरस्थित दुधिअवामा सिमेन्टमा कालोबजारी गरेको आरोपमा प्रहरीले एकजना ब्यापारीलाई नियन्त्रणमा लिएको छ ।फतुवा बिजयपुर १० दुधिअवा बजारका सिमेन्टब्यापारी लखिन्दर जयसवाललाई कालोबजारीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । जयसवालले ८सय पर्ने बाहुुबली सिमेन्ट ९ सयमा बेचेको एकजना ग्राहकको सुचनाको आधारमा ब्यापारी जयसवाललाई पक्राउ गरीएको ईन्सपेक्टर चन्द्रकिशोर साहले बताउनुु भयो । पक्राउ परेका जयसवालमाथि आवश्यक अनुसन्धान भैरहेको ईन्सपेक्टर साहले बताउनुु भयो ।