जनकपुरधाम, ३० चैत । धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुक सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ पुष्पलपुरका २६ का सरोजकुमार महतो र वर्ष ४४ का राजकुमार लामा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आइतबार दिउँसो अढाई बजे भरुवा बन्दुक बोकेर पुष्पलपुर खोला हुँदै ज १२ प १११५ नं पल्सर मोटरसाइकलमा दक्षिण तर्फबाट उत्तर तर्फ जाँदै गरेको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको हो ।
दुबैजनालाई हातहतिया तथा खरखजाना मुद्दामा जिल्ला अदालत धुनषाबाट म्याद थपगरी अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । संभार टुडेपाटी