रौतहट ३० चैत रौतहटको चन्द्रपुर नपाको ४,५ र ६ नम्वर वडाले लकडाउनका कारण समस्यामा परेका बिपन्न परिवार लाइ राहात बितरण गर्न शुरु गरेको छ ।

वडाका अति बिपन्न परिवार लाइ ३० किलो चामल, ३ किलो दाल , २ किलो चिनी , चारपोका तेल , दुइ पोका नुन , सावन बितरण गरीएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ ले आइतवार शान्तिनगर, मालपोत कार्यालय आसपास र दुर्गा मन्दिर आसपासका अति बिपन्न परिवारलाइ राहात बितरण गरीएको चन्द्रपुर ४ का अध्यक्ष अमर बहादुर आलेले जानकारी दिएका छन ।

यस्तै चन्द्रपुर ६ को चिम्नी टोल र ६ नम्वर वडामा स्थायी ठेगाना भएका पुर्वपस्चिम राजमार्गको लमाहामा बस्ने परिवार लाइ आइतवार राहात बितरण गरीएको वडा अध्यक्ष खड्ग बहादुर कुश्वारले जानकारी दिएका छन ।चामल , दाल , नुन , तेल , चिनी एक परिवार लाइ करीव एक महिना सम्म पुग्ने गरी बितरण गरीएको वडा अध्यक्ष कुश्वारले बताए ।

चन्द्रपुर ५ वडाभित्रको अति बिपन्न परिबार, दैनिक मजदुरी गर्नेहरुको शनीबार देखि राहात बितरण शुरु गरेको हो ।
वडानम्बर ५ मा रहेका ५ सय २१ परिवार लाइ खाध्यान्न बितरण गरीने वडाअध्यक्ष संजय काफ्लेले जानकारी दिएका छन ।

चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरीले राहात बितरणमा प्रकृयाहरु मिलाउदा केही दिन ढिला भएको र लक्षित बर्गलाइ नै दिनका लागी राहात बितरण व्यवस्थित गरीएको बताएका छन ।
चन्द्रपुर नपा ३ मा एकसाता अघि नै खाध्यान्न बितरण भैसकेको छ । अन्य वडाहरुले पनि बितरणको तयारी गरीरहेको ति वडाका अध्यक्षहरुले जानकारी दिएका छन ।