रौतहट ३० चैत । रौतहट जिल्लाको गरुडा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारत तथा विभिन्न ठाउँबाट आएर बसेका २३ जना मध्ये ४ जनालाई एक कार्यक्रम गरि घर फर्काईएका छन् ।
क्वारेन्टाइन अवधिभर कोरोना संक्रमणको कुनै पनि लक्षण नदेखिएपछि चिकीत्सकहरुको सिफारिसमा उनीहरुलाई घर पठाईएको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मो.मुसताक आलमले जानकारी दिनुभयो ।

सो विदाई कार्यक्रममा गरुडा नगरपालिकाका, स्वास्थ्य संयोजक जनार्दन झा सहसंयोजक रामबाबु यादव स्वास्थ्यकर्मीले नेपाली सेनाका प्रतिनिधि, सशस्त्र प्रहरीका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि लगायत वडा नं ४ का वडा अध्यक्ष चुनचुन साह तथा स्थानीय प्रतिनिधिहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


साथै क्वारेन्टाइन अवधि भर चुस्त दुस्तका साथ सरसफाई तथा खानेकुरामा कुनै किसिमको असुविधा कमीकमजोरी भएमा कार्यवाही गरिने निर्देशन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो।मुसताक आलमले कर्मचारीहरु तथा स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here