रौतहट २९ चैत । रौतहटको गढिमाइ नगरपालिका वडा नम्बर १ मा शनिबार सम्पुर्ण घरपरिवारमा माक्स तथा लाइफ ब्वाय साबुन बितरण गरिएको छ ।
वडा अध्यक्ष राम बिनय राय यादवले आज ४२०० पिस मास्क तथा १५०० पिस साबुन बितरण गरेको स्थानीय युवा रबिन्द्र महतोले बताएका छन् ।
यस अघि वडा नम्बर ०१ मा १०३ गरिव बिपन्न तथा ज्यालादारी गरि जिविकोपार्जन गर्ने परिवारलाइ खाद्यान्न उप्लब्ध गराइ सकिएको छ । लकडाउनको कारण मारमा परेका गरिव बिपन्नहरुको लागि राहत उप्लब्ध गराउने घोषणा तथा उप्लब्ध गराउने रौतहटको पहिलो स्थानीय तह गढिमाइ नगरपालिका रहेको छ ।
प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवका अनुसार नगर क्षेत्र भित्र कोरोना रोकथाम तथा नियन्त्रणको लागि हरेक उपायहरु अपनाइएको छ ।
नगरबासीलाई कोरोनाको प्रकोपबाट जोगाउन नगरपालिका एक कदम पनि पछाडी नहटने तथा राहत सामग्री आवश्यक ता अनुसार बितरण हुने भन्दै कोहि पनि नगरबासिलाई भोकमरिको अवस्था कदापी आउन नदिने बताउनु भएको छ ।