राैतहट, २९ चैत । नेपाली कांग्रेस रौतहटका सभापति कृष्ण यादबले महा विनासकारी काेराेना भाईरसलाई आत्म बल बिलियो बनाई सरकारले जारी गरेको luckdown को पालना गरि सुरक्षित रहन प्रेस विज्ञप्ति मार्फत आग्रह गर्नु भएको छ ।

विश्वभरि फैलँदै गएको कोभिड– १९ को सङ्क्रमण नेपालमा पनि बढ्न सक्ने भएकाले कोरोना परीक्षणको दायरा तत्काल सबैको सरल पहुँच हुने गरी सहज बनाउने आवश्यक देखिएकाे विज्ञप्तिमा उल्लेख छ ।

देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक सेवामा खटिने कर्मचारीलाई गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

रौतहटमा रहेका श्रमजीवी मजदुर र विपन्न वर्गलाई तत्काल खाद्यान्नलगायतका राहत सामग्री वितरणको व्यवस्था र कोरोना भाइरस रोकथाम तथा उपचारका लागि सम्पूर्ण तहमा संकलन गरिएको रकम ठीक ढंगले वितरण हुनुपर्छ भनी माग गरेको छ ।

रौतहट जिल्लाभरका नेताकार्यकर्तालाई कोरोनाबारे जनचेतना फैलाउन र आइपरेको समस्या समाधानका लागि पहल गर्न आवश्यक देखिन्छ छ ।
नेपाली कांग्रेस रौतहटको निर्वाचित सबै नगरपालिका प्रमुख ,वार्ड अध्यक्ष जिल्ला सदस्यहरु ,क्षेत्रीय सभापतिहरु , नगरसभापतिहरु र माहासमिती सदस्यहरु र माहाधिवेशन प्रतिनिधिहरु एवम क्रुयाशिल सदस्यहरु समाजिक रूपमा परि परि आएको जस्तोसुकै समस्या समाधान गर्न र गरिब दिन दु:खी मजदुरलाई दु:खद घडीमा आ-आफ्नो स्थानीय निकायमा राहत वितरण आवश्यक सहयोग गर्न हुन विज्ञप्ति मार्फत अनुरोध गरिन्छ गरि जानकारी गराईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here