झापा २८ चैत । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका १ हिमाली चोक बस्ने पारश सिवालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
सिवाले ९ वर्षीया बालिकालाई चैत ११ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । उनले खेलिरहेकी बालिकालाई डर धम्की दिएर बलात्कार गरेको खुलेको हो ।
उनले बलात्कार गरेको भन्ने खबर पाउना साथ आज सिमा प्रहरी चोकी पृथ्विनगरबाट खटिएको प्रहरीले सिवालाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । संभार जनता समाचार