पर्वत २८ चैत । खाना पकाउने ग्यासको मूल्य बढाएर बेचेको आरोपमा एक व्यापारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जलजला गाउँपालिका–३ बारीबेनीका व्यापारी मीनप्रसाद रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। बारीबेनीमा रहेको दिप्सन मेटल स्टोर्सबाट एकजना उपभोक्ताले एक हजार ७०० रुपैयाँ ग्यास सिलिन्डर तिरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ। नेपाल आयल निगमले प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ३७५ र ढुवानीसहित भरी सिलिन्डरको एक हजार ४०० रुपैयाँ र आधा सिलिन्डरको ७०० रुपैयाँ तोकेको भए पनि रेग्मीले एक हजार ७०० रुपैयाँ लिएको खरिद बिलमा उल्लेख छ। व्यवसायी रेग्मीले भने गाउँसम्म ढुवानी गरेर पुर्याउँदा लागेको खर्चसहित जोडिएकाले ग्याँसको मूल्य एक हजार ७०० पर्न गएको बताएका छन्। चैत १ काटिएको बिलमा क्रेताको नाम र हस्तेमा लकडाउन’ भनी लेखिएको छ। सभार थाहा खबर