रौतहट २७ चैत । रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं २ का वडाअध्यक्ष सिकिन्द्र पटेलले आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य सुरु गरेको छ ।


कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहटको बृन्दावन नगरपालिकाले राहत प्याकेज दिने निर्णय गरेपछि बिहीबार वडा नं २ का वडाअध्यक्ष सिकिन्द्र पटेलले आफ्नो वडा अन्तरगत धनगढीको श्री लक्ष्मी बासुदेव प्र बि स्कुलमा राहत वितरण कार्य सुरु गरेको वडा अध्यक्ष सिकिन्द्र पटेलले बताएका छन ।

अध्यक्ष पटेलले लकडाउनको पाल्ना गर्दै समाजिक दुरी समेत कायम गरेर राहत वितरण्न गरेको हो । राहत वितरण कार्याक्रमा बृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही यादव, नेकपाका प्रत्यासिल मेयर राम प्रसाद पटेल, कांग्रेसका पुर्व सभापति दिन दयाल पटेल, बिश्रामपुर प्रहरी चौकीका सई सतरुधन राउत लगायत सञ्चारकर्मी र भद्र भलादमीले लकडाउनको पाल्ना गर्दै समाजिक दुरी कायम गरेर सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here