दाङ, २७ चैत । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तुुलसीपुर उपमहानगरपालिका १८ बिजौरीका ३७ वर्षीय बलबहादुर थापाको मानपुरे कुलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिए। बिहीबार बिहान करेन्ट लागेर घाइते भएका थापालाई उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउदै गर्दा सवा १२ बजे मृत्यु भएको हो। कुलामा जोडेको विद्युतीय तार सर्ट भएका कारण करेन्ट लागेर मृत्यु भएको प्रवक्ता पालले जानकारी दिए। सभार थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here