रौतहट २५ चैत । रौतहटको कटहरिया नगरपालिकाले कोभिड १९ नोबेल कोरोना भाइरसबाट संक्रमित वा शंकास्पद व्यक्तिको लागि बनाइएको क्वारेन्टाइनमा वडा नं ५ बस्ने विजय साह र सोही टोलमा बस्ने दिपु साह कानुलाई कोरेनाको परिक्षणमा राखेको थियो।
आज बिहान १० बजेको समयमा निजको साथी चिन्टु साहले क्वारेन्टाइनबाट मोटरसाइकलमा चढाएर भगाइएको थियो । स्थानीयहरूले साहलाई भगाउन लागेको क्रममा पक्राउ गरि प्रहरीलाई बुझाएको छ । क्वारेन्टाइनबाट भागेका शंकास्पद दुबै जनालाई फेला परेको छैन ।