रौतहट,२५ चैत्र । पुर्वमन्त्री नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले आफना क्षेत्रमा पर्ने ६ वटै स्थानीय तहहरूलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
कोरोना भाइरसविरुद्धको लडाइमा ऐक्यबद्धता जनाउदैं पुर्वमन्त्री साहले मौलापुर नगरपालिका, कटहरीया नगरपालिका, गुजरा नगरपालिका, देवाही गोनाही नगरपालिका, गरुडा नगरपालिका र फतुवाबिजयपुर नगरपालिकामा अत्यावश्यक मेडिकल सामाग्रीहरू उपलब्ध गराएका छन्।

पुर्वमन्त्री साहले आफनो निजी खर्चमा १ हजार थान सर्जिकल मास्क, ५० थान N95 मास्क, १ हजार थान ग्लब्स, २ सेट पीपीई र स्यानिटाइजर ५/५ लिटर लगायत स्वास्थ्य सामग्रीसहयोग गरेका हुन् ।

स्वास्थ्य सामाग्री अभावको बीच स्थानीय तहलाई काम गर्न थोरै भएपनि सहजता हुने विश्वास उनले व्यक्त गरेको उनका संसदिय क्षेत्रका निजी सचिव विजय यादव निर्विजले जानकारी गराएका छन् ।
वितरण गरिएको स्वास्थ्य सामग्रीहरु करिब ८ लाख बराबरको रहेको समेत निर्विजले रेडखबरसंगको संवादमा बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here