रौतहट, २४ चैत। रौतहट जिल्लाको मौलापुर नगरपालिकाले स्थानीय युवाहरुले मास्क वितरण ।
मौलापुर नगरपालिकाले २ नं वडामा राहत एवं मास्क वितरण गरेपनि अझै सबै ठाउँमा पुग्न नसकेको बेला एक स्थानीय वासीले मास्क वितरण गरेका हुन ।
स्थानीय समाजसेवी हरेन्द्र यादवले सोमवार आफनै लगानीमा मौलापुर नगरपालिका २ मर्यादपुरमा मास्क वितरण गर्नुभएको छ ।
मर्यादपुरका सयौ घरधुरीमा परिवारको सदस्य संख्या अनुसार मास्क वितरण गरेको उहाँले बताउनुभयो ।
यस्तो दुखको घडीमा वडावासीलाई कोरोना भाइरसको संक्रमण लाग्न नदिन व्यक्तिगत लगानीमा समाजसेवी यादवले गर्नुभएको मास्क वितरण सराहनीय कार्य भएको भन्दै उहाँको सर्वत्र प्रशंसा भइरहेको छ ।