रबिन्द्र यादव ।
नवलपरासी २४ चैत । छिमेकी मुलुक भारतमा कोविद १९ कोरोना भाईरसको भारतको छिमेकी माहाराजगञ्ज जिल्लामा पनि कोरोनाका ६ स्रकंमण बिरामीहरु देखा परेपछि उक्त जोखिमलाई न्युनिकरण गर्नका लागी नवलपरासी पश्चिमको भारत संग जोडिएको मुल नाकाहरुमा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन गरि निगरानी बढाइएको छ ।
छिमेकी राष्ट्र भारतको माहाराजगञ्ज नवलपरासी पश्चिम जिल्ला सिमानासंग जोडिएको जिल्ला हो र उक्त जिल्ला हुदै भारतबाट लुकी छिपी भारतिय नागरिकहरु,भारतबाट कमाएर घर फिर्ता हुने नेपाली नागरिकहरुको बढ्दो आवतजावत हुने र सिमाको छेउ छाउँमा बसेका नेपाली र भारतिय नागरिकहरुले खाधान्न सामग्रीहरु नेपाल भारत कारोबार हुने जनगुनासो बढेपछि सिमामा सुरक्षाकर्मी तैनाथ गरि मानिसहरुको नेपाल भारतबाट आवातजावत मात्र नभइ सामग्रीहरु ल्याउनका लागी पनि पुर्ण रुपमा रोक लगाएको छ ।
जिल्लाको मुल नाकाहरु महेशपुर भन्सार,भुजहवा,झुल्निपुर,गुठिप्रसौनी,पकलिहवा र सुस्तामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको निगरानी बढेको हो । भारतबाट ब्यक्ति तथा आयात हुने खाद्धन्न लगायतका सामग्रीबाट कोविद १९ कोरोना भाइरसको संक्रमण नेपालमा सर्ने र एक किसिमको माहामारी रुप लिन सक्ने उच्च जोखिम हुन सक्ने संभावनालाई न्युनिकरण गर्नका लागी शसस्त्र प्रहरी र नेपाल प्रहरी चौबिसै घण्टाको लागी १ सय मिटरको फरकमा करिब १ किलो मिटरको दुरीमा शसस्त्र प्रहरीको अस्थाई पोष्ट राखी सुरक्षाकर्मी परिचालन गरिएको शसस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरका गणपती भरत खनियाले जानकारी दिएका छन् ।
साथै सुस्ता क्षेत्रमा नारायणी नदी भएको कारणले मानिसहरु र खाधान्न सामग्रीहरु डुङ्गाको माध्यमबाट नारायणी नदि पार गरि नेपाल प्रवेश गर्ने जनगुनासो र बढ्दो चुनौतीको बिषय बन्न थालेपछि नारायणी नदी लगायत सुस्ताका मुख्य मुख्य नाकाहरुमा ३ वटा सशस्त्र प्रहरीको अस्थाइ पोष्ट राखेर बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेको र केही स्थानिय तस्करहरुले नेपाल भारत सामग्री ओसारपोसार गर्ने बाटोहरुमै अस्थाई पोष्ट राखिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीले बताए ।
उनका अनुसार सिमा क्षेत्रमा बस्ने केही स्थानिय तस्करहरुले रातीको समयमा भारतबाट सरसमान खरिद गरेर खेत र आलीको बाटो प्रयोग गरि नेपाल प्रबेश गराएको खाधन्न सामग्री र किराना सामग्रीलाई खानतलास गरि इलाका प्रहरी कार्यालय बेलाटारी र शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीको सक्रियतामा करिब ५० हजार बराबर रकमको गएराती सुस्ता ५ पकलिहवाबाट बरामद गरेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गुठिप्रसौनीका सशस्त्र प्रहरी निरिक्षक अधिकारीले बताए ।
यसरी नाकामा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन भएपछि केही स्थानिय तस्करहरुको दिन भनि गएको पछि स्थानियबासीहरुमा सुरक्षाको अनुभुति गर्दै हर्षित हुन ।