रौतहट २३ चैत । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले राहत प्याकेज दिने निर्णय गरेको छ ।
शनिबार कार्यपालिकाको कार्यालयमा बोर्डको बैठक गरेर नगर प्रमुख राम स्नेही यादवले यस्तो निर्णय गरेको हो । बृन्दावन नगरपालिकाभरी रहेको करिब पाच हजार दुई सय गरिब विपन्न परिवारलाई राहत प्याकेज दिने मेयर यादवले बातएका छन ।
यस्तो महासंकटको घडीमा वास्तविक गरिव मजदुर असाहायलाई राहत वितरण गर्नुपर्ने अति आवश्यक भएकोले कुनै पनि गरिव परिवारको नाम लिस्ट नछोडन मेयर यादवले सम्पूर्ण वडा अध्यक्षहरुलाई आग्रह गरेको छन ।
शनिबार कार्र्यपालिकामा बसेको बोर्ड बैठकमा नगरभरीका चुनियको पाच हजार दुई सय विपन्न तथा गरिव परिवारलाई आईतबारबाट राहत र्फम भर्न समेत नगर प्रमुख यादवले आग्रह गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here