रौतहट २३ चैत । गरूडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मो.मुसताक आलमले मा.वि गरूडा क्वारेन्टाइनको अनुगमन गरेको छ।
नेपाली र भारतको बिभिन ठाउँमा गएका कामदार हरू बिभिन ठाउँबाट आएका २१ जना नागरिकको स्वास्थ्य जाँच गरि क्वारेन्टाइनमा रहेको हो ।

प्रमुख प्रशासकीय मो.मुसताक आलमले अनुमगन गर्दै कोरना भाइरसले विश्वभर महामारीको रुपमा सताइरहेकाले यसको रोकथामका लागि आफै सजग हुनु उत्तम उपाय रहेको बताउनुभयो ।

उहाँले १५ दिन सम्म क्वारेन्टाइनमा सजग भएर एक अर्का संग नछोइकन बस्ने, सरसफाईमा ध्यान दिन र भाइरस सङ्क्रमण फैलन नदिन सजगता अपनाउन आग्रह गर्नुभयो ।
स्वास्थ्य संयोजक जनार्दन झा सहसंयोजक रामबाबु यादव स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा राखेका नागरिकको अवस्था सामान्य रहेको बताउँदै उनीहरुलाई कोरना भाइरसबारे बच्ने उपायका सन्दर्भका सचेत गराउनुभएको छ ।

गरूडा नगरपालिका वडा नं.४ का वडाध्यक्ष चुनचुन साहले २१ जनालाई क्वारेन्टाइनमा ल्याएर राखिएको र उनीहरुको लागि खानाको प्रबन्ध नगरपालिकाकाले गरेको बताउनुभयो।