रौतहट, २१ चैत । रौतहटको सदरमुकाम गौर नजिक रहेका लाल बकैयामा एक जनाको शव फेला परेको छ । गौर नगरपालिका ४ टिकुलियास्थित लालबकैया नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो ।

उक्त शव पुरूषको रहेको स्थानीयले बताएका छन् । अहिले घटनास्थलमा स्थानीयको भीड लागेको छ । विवरण लिन प्रहरी समेत सो स्थानमा पुगिसकेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।