सुधा मिश्र ।

आज लकडाउनको एघारौ दिन । जनतामा डर र त्रास । जीवनयापन कष्टकर । कोरोना भायरस विश्वव्यापी टुरमा जो निस्केको छ।कसैलाई थाहा छैन यिनीहरूको टुर कहिले सकिएला र यिनीहरु आफ्नो घर फर्केलारु कहिले यो संकटकालिन स्थितिको अन्त होलारुकहिले संसारलाई यो भयावह स्थितिबाट मुक्ति पाइएला रु विज्ञानको परिश्रम पनि सफल हुन सकिरहेको छैन । यो भयानक विषाणु दिन दुगुना र रात चार गुना फैलिदै गैरहेको छ।यस्को गति पनि त्यति नै सुपरफास्ट।
कोरोनाबाट बाँच्नु लकडाउन नै विकल्प देखिएको छ। ” कोरोना आफैं आउदैन । उसलाई हामी ल्याउछौ।” अहिले भायरल भएको कुरा हो। त्यसैले घरमा बसौ र सुरक्षित रहौँ। यो बाहेक वर्तमान परिस्थितिमा हामी सँग अरु कुनै उपाय छैन । यो वायरस कोरोनाले एक व्यक्ति संक्रमित भए परिवार नै संक्रमित हुन जान्छ ।त्यसैले पुर्णतरह सुरक्षित रहौ र सावधानी बर्तौ।धेरै नै पीडादायी वायरस ह‍ो। संक्रमित भएपछि आइसोलेट भएर बस्नु पर्छ। सहरमा जो भाडामा एउटा दुइटा क‍ोठालिएर बसिरहेका छन् । उनीहरूले कसरी के गर्लान् रु सोचेर नै मुटु टुक्राटुक्रा हुन्छ । दैनिक ज्याला कमाएर परिवार पालनेहरु कसरी के गर्दै होलान् र धन्य छन् ती सारथीहरु जो अरुको लागि काम गर्दैछन् ।भोकालाई खुवाउदै छन्। बाटोमा अलपत्र परेकालाई घर पुरयाउदैछन्।उनीहरुको घर दैलोमा पुग्दैछन् । मास्क, साबुन जस्ता राहतका सामग्री पुरयाउदै छन् । उनीहरूको दुःखमा सहभागी हुदै छन् ।मुखमा हाँसो ल्याउदैछन्। वास्तवमा भन्ने हो भने यिनीहरू देशका सच्चा हिरो हुन्।मानव रुपमा भगवान हुन्।

आफ्नो देश आफ्नो भूमि प्यार भन्दा प्यारो हुन्छ ।देश भनेको जननी हो।देशका सबै प्रजा नेपाली आमाका सन्तान हुन्।आफ्नो आमा सँग सुरक्षित बस्नु सन्तानको अधिकार हो । दिनभर मानिस जताततै भएपनि बेलुका आफ्नो घर फर्कन्छन्।घर पुगे पछि सकुनको सास लिन्छन् । तर विडम्बना आज आफ्नै घर आउनैलाई अपराधी बनाएका छन्। के भयो र उसले खोला तरेर आयो रु के खोला तरेर आउनु अपराध होरु कठिन परिस्थितिमा आफ्नो देश पुग्नु ठूलो कुरा हो।

आज विश्व कोरोना विरुद्धको लडाइँमा सहभागी छन् ।लडिरहेका छन् । यसो हेर्दा त्रेता युगको इतिहास देखिन्छ ।त्रेतायुगको कुरुक्षेत्रमा
सम्पूर्ण राज्यका योद्धा युद्धमा थिए। अहिले विश्व कोरोना विरुद्ध लडदैछन्। त्रेतायुगका शत्रु दृश्य थिए। अहिले शत्रु अदृश्य छन् ।त्रेतायुगको लडाइँ न्याय र अन्यायको बीच थियो ।सत्य र असत्य बीचको थियो । धर्म र अधर्मको बीचको थियोे ।तर अहिलेको लडाइँ मानव बचाउको लडाइँ हो। सृष्टि जोगाउको लडाइँ हो।अहिलेको लडाइँमा एकआपसमा भिडन्त छैन् । शत्रु अदृश्य भएको कारण घरमा बसेर लडिने लडाइँ हो।
भनिन्छ बाँच्नको लागि काम गर्नु पर्छ।यो वास्तविकता पनि हो।तर समयको चाल बडो अजीब हुदोरहेछ । अहिले बाँच्नको लागि काम होइन घरमा बस्नु बुद्विमानी छ।लकडाउनले होस् या अरु केही कुराले।जसरी होस् संयम अपनाउनु छ।धैर्यता र साहस साथ समय बिताउनु छ। जगलाई बचाउनु छ र आफू पनि बाँच्नु छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here