राैतहट, २१ चैत । विश्व भरि नै महामारीको रुपमा रहेका काेराेना भाईरस Covid 19 संक्रमणका संकास्पदहरुकाे निगरानीका लागि यमुनामाई गाउपालिकाले क्वारेन्टाइन संचालनमा ल्याएकाे छ । गाउँपालिकाले आफ्नै कार्यालय सरुअठा नजिक रहेको श्री जनता माध्यमिक विधालय सरुअठामा २० बेडकाे सुविधा सम्पन्न क्वारेन्टाइन संचालन ल्याएकाे हाे । गाउपालिका भित्र काेराना संक्रमण नियन्त्रणकाे लागि साबुन, माक्स, सेनेटाईजर वितरण गरि सकेकाे र अगामी दिनमा काेराेना संक्रमित देखिएकाहरुलाई तत्काल निगरानीमा राख्न क्वारेन्टाइन निर्माण गरेेेेेकाे हाे ।
यमुनामाई गाउपालिका प्रमुख श्रीप्रसाद मुखियाले दिनु भएको निर्देशन अनुसार संकास्पदहरुलाई सफा सुग्घर व्यवस्थापन तथा खानपान समेतकाे व्यवस्था सहित क्वारेन्टाइन संचालनमा ल्याईएकाे प्रमुख प्रशासकीय अधिकृत भाेज बहादुर ऐडीले जानकारी दिनु भयाे ।