सलार्ही, २० चैत्र ।
विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन प्रभावितका लागि हरिपुर नगरपालिकाले विभिन्न ३ निर्णयहरु गरेको छ ।
आज बसेको आकस्मीक बैठकले नगरपालिकाक्षेत्र भित्र रहेको असंगठित क्षेत्रमा कार्यरत श्रमीक वर्ग तथा असाहयहरुलाई उपलब्ध गराईने राहत सम्वन्धी मापदण्ड
२०७६ स्वीकृत गर्ने, लकडाउन अवधि भर खटिने कर्मचारी तथा जनप्रतिनीधिहरुलाई दिने थप सुविधा तथा आर्थिक सहायता दिने निर्णयहरु गरेको हो ।
बैठकमा चढेका तिनै प्रस्तावहरुमाथि क्रमश


निर्णय नं. १
आजको यस नगरकार्यपालिकाको वैठकको कार्यसुचिमा चढी निर्णयको लागि पेश भएको असंगठित क्षेत्रमा कार्यरत श्रमीक वर्ग तथा असाहयहरुलाई उपलब्ध गराईने राहत सम्वन्धी मापदण्ड २०७६ स्वीकृत गर्ने सम्वन्धी प्रस्तावमा छलफल गर्दा अर्थ मन्त्रालयले तयार गरी पठाएको असंगठित क्षेत्रमा कार्यरत श्रमीक वर्ग तथा असाहयहरुलाई उपलब्ध गराईने राहत सम्वन्धी मापदण्ड २०७६ स्वीकृत गरी सोही अनुसार काम कार्वाही गर्ने ।


निर्णय नं. २
आजको यस नगरकार्यपालिकाको वैठकको कार्यसुचिमा चढी निर्णयको लागि पेश भएको लकडाउन अवधि भर खटिने कर्मचारी तथा जनप्रतिनीधिहरुलाई दिने थप सुविधा सम्वन्धी प्रस्तावमा छलफल गर्दा यस नगपालिकाका जनप्रतिनीधि तथा कर्मचारीहरु कोरोना भाईरसबाट नगरवासीलाई बचाउन अहोरात्र ज्यानको
बाजी लगाई कोरोना भाइरसको रोकथाम, राहत तथा लगत संकलन र अभिलेख राख्न खटिएको हुँदा जनप्रतिनीधिज्यूहरुको हकमा अर्थमन्त्रालयको नम्स अनुसार प्रतिदिन वैठक भत्ता सरह काम गरे वापत लकडाउन अवधी भर उपलब्ध गराउने र कर्मचारीको हकमा प्रमुख प्रशासकिय अधिकृतबाट कर्मचारीको कार्यसम्पादनको आधारमा यसमा खटिने कर्मचारीहरुलाई मात्र तलवको १०० (सतप्रतिशत) प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउने तथा
निर्णय नं. ३

आजको यस नगरकार्यपालिकाको वैठकको कार्यसुचिमा चढी निर्णयको लागि पेश भएको आर्थिक सहायता दिने सम्वन्धी प्रस्तावमा छलफल गर्दा यस नगपालिका वडा नं. ६ को हरि नारायण महरालाई जंगली जनावर बंगुरले सख्त घाइते गरेकोले औषधी उपचार खर्चको लागि रकम रु. ३००००।०० (तिस हजार मात्र) र वडा नं ४ मा बस्ने विन्देश्वर ठाकुरलाई नाकको क्यान्सर पिडित रोग भएकोले रकम रु. ३०,०००।०० (तिस हजार मात्र) आर्थिक सहायता खर्चबाट दिने निर्णय गरियो ।

नगरपालिकाले यस अघि आफना नगरका बासिन्दाहरुलाई संक्रमण हुन नदिन माक्स, साबुन, सेनेटाइजर तथा नगरका विभिन्न वडाहरुमा हाथधुन बाल्टीन तथा साबुनपानी राख्ने कार्य गरेको छ ।
नगरपालिकाले कोरोना संक्रमणको संख्या देखिएकाहरुको लागि निगरानीमा राख्न क्वारेन्टाईन समेत निर्माण गरि सकेको प्रमुख प्रशासकिय अधिकृत उदय प्रसाद देवकोटाले जानकारी दिनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here