रौतहट, २० चैत्र।

कोरोना संक्रमण रोक्नका लागि गरिएको लकडाउनको मार खेपि रहेका विपन्न, गरीव परिवारलाइ परोहा नगरपालिकाले राहत सामग्री वितरण थालेको छ । नगरपालिकाका ९ वटै वड़ामा रहेका सबै वर्ग र जातका विपन्न, गरीव रआर्थिक अवस्था कमजोर भएका करिब २ हजार २ सय परिवारलाइ खाद्यान्न सामग्री राहत वितरण गर्ने भएको छ। परोहा नगरपालिकाको वडा नं. ४ लौकाहाबाट २८० परिवारलाई आजबाट वितरण गरि सुरु भएको खाद्यान्न सामग्री रातह पैकेज नगरपालिका भित्र रहेका ३७ सय घरधुरी मध्येका विपन्न परिवारको पहिचान गरी घरघरमा राहत सामग्री पुर्याइने नगर प्रमुख शेख वकीलले रेडखबरसंगको टेलिफोन संवादमा बताउनु भएको छ ।

कोभीड़ १९ को रोकथाम, नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण कामकाज प्रभावित भएकोले गरीव परिवारलाइ भएको समस्यालाइ मध्यनजर गर्दै राहत उपलब्ध गराउन लागिएको उनले बताए । मेयर वकिलले आजबाट वितरण आरम्भ गरिएको राहत पैकेजमा चावल १५ किलो, दाल २ किलो, खानतेल १ लीटर, आयोनुन १ किलो र सोयाविन ५ सय ग्रामको जानकारी गराए। कोराना भाईरस नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले पहिले देखि नै प्रसार प्रसार थालेको तथा प्रत्येक घरमा साबुन र माक्स समेत वितरण गरि सकेको समेत उनले बताए ।

राहत सामग्री लिदैं परोहा नगरपालिका वडा नं. ४ का स्थानिय

नगरपालिका भित्र कोरानाबाट संक्रमित देखिएकाहरुको पहिचान गर्न स्थानिय बह्मज्योति माध्यमिक विधालय लौकाहामा ३० बेडको क्वारेन्टाइन समेतको बनाईएको र सो क्वारेन्टाईनमा हाल संक्रमितका संख्या देखिएका २३ जनालाई निगरानीमा राखिएको नगरपालिका श्रोतबाट जानकारी प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here