पर्सा २० चैत । दिल्लीको एक मुस्लिम धर्मशभामा सहभागी भएर फर्किएको आशंकामा पर्सामा ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ। दिल्लीको धर्मसभामा गएकामध्ये केहीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपालबाट गएकाहरुलाई पनि कडाइ गरिएको हो। बुधबार राति पर्साको पटेर्वासुगौली गाउँपालिका कन्चनवैरियास्थित मस्जिदबाट नियन्त्रणमा लिएका ११ जना सबै मुस्लिम नागरिक नै हुन्। उनीहरुलाई अहिले वीरगन्ज महानगरपालिकाको सिद्धार्थ मा।विमा अलग्गै क्वारेन्टाइनमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए। ११ जनामध्ये एकजनाले दिल्लीबाट आएको बताए पनि अरुले भारतबाट आएको मात्र भनेकाले अझै विस्तृत जानकारी आइनसकेको उनले बताए। संयोग भने उनी सबै एकै ठाउँमा फेला परेको र सबै नेपाली मुस्लिम समुदायकै नागरिक भएको कारण आशंका गरिएको उनले बताए। सिद्धार्थ माविमा अरू पनि ३ जना भारतबाट आएका मानिसहरु राखिएका छन्। उनीहरु भने हिन्दू समुदायका हुन्। सभार थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here