सुधा मिश्रा । करोना आश्चर्य चकित छ? जता गए पनि किन उ सँग उस्तै व्यवहार गरिन्छ ? विश्वको कुनै कुना चाहे त्यो अमेरिका होस् या युरोप अथवा एसिया होस् कि अफ्रिका जता गए पनि उस्तै किन? सबैले मलाई बेला न कुबेला नुहाँउदै छन् ।कोई साबुनपानीले त कोई हेंडवास पानीले।चिसो गर्मी सबै ठाउँमा बच्चा जवान बूढो सबले मलाई नुहाउदै छन् ।त्यो पनि मिचिमिचि।नेपालको राजधानीमा पानी छैन भन्छ ।सुख्खा छ क्यारे उता तापनि मलाई नुहाउन प्रसस्तै साबुनपानीले दिनको कतियौं फेरा नुहाई दिन्छन् ।छक्क पर्छु म नुहाई दिएर क्रिम पाउडर पनि लाइदिन्छन्।अोहो ! कस्तो मजादार वासना।मलाई मात्रै नुहाई दिन्छन् मगमगाई दिन्छन् ।फोहोरीहरु आफै त एक पटक पनि नुहाउदैनन्।
छक्क परे म भारतको बिहारमा पुग्दा ।त्यहाँका मान्छे कुन त्यो रातो न रातो पिकथुक हामी माथि थुकेको मेरो साथी त परलोक भएछ।यस्तै अर्को साथी त एकजना बिहारीले खै के हाथमा मल्दै थियो छिक्दा छिक्दै प्रभुको प्यारो भएछ। मान्छे फरक छन् ।कोइ गोरा त कोइ काला।खानपिन पनि फरक छ।रहनसहन पनि फरक।समय मौसम पनि फरक ।तर म सँग गरिने व्यवहार किन एउटै? सचमा बडो एकता रहेछ मनुष्यमा? यो यिनीहरुको एकता हो कि देखासिखि होडबाजीको? ठुलठुला भवन,गाडीमोटर दुई पाँग्रे चार पाँग्रे अाठ पाँग्रे ।यति मात्रै कहाँ ?अाकाशमा पनि यत्रायत्रा भयकंर प्लेन।भूमि गगन सब कब्जा गरेका छन् ।तर एउटा कुरा उनीहरू बिसरेका छन् ।यो धर्ती उनीहरूको मात्रै होइन ? यो धर्तीमा जति मानवको हक छ उति नै अरु जीवजन्तूहरुको पनि।प्राणीको मात्रै होइन प्राण नभएकाहरुको पनि उति नै हक र अधिकार छ?
मानव जातिले हाम्रो भूमिलाई बर्बाद गर्दैछ । बर्दास्तको सिमाबाट बाहिर उनीहरु पुगिसकेका छन् ।कसले सहन गर्न सक्छ र? उनीहरूलाई अब तह लगाउनुपर्छ ।प्रकृति जोगाउन सिकाउनु पर्ने भो।यिनीहरू यतिका फटहा भैसकेका छन् कि अरुका सुन्नेवाला छैनन् ।मैले नै केही गर्नु पर्ने भयो।खबरदार मानव आफ्नो पापको प्रायश्चित गर्न तयार भई हाल म आइसकेको छु। संसारमा परिवर्तन हुने थालेको छ।अहिले पृथ्वी चैनको सास लिराखेको छ।वातावरण मधुरमय भएको छ।पशुहरु मस्त भएर डुलिराखेका छन् ।पंक्षी स्वतन्त्र भएर
गगनमा रमाइ रहेका छन् ।यिनीहरूको चिरविरले संसार संगीतमय भएको छ।नदीनाला कंचन निर्मल हुँदै गैरहेको छ।फुलबारीमा पुतली नाच्न थालेको छ।पोखरीमा माछा पौडिखेल्न थालेका छन् ।अाहा ! कस्तो रमणीय संसार ।हेर त अाज अाठ लाख कछुवाले अन्डा दिएका छन् ।बेचारा कछुवाहरुको ठाउँ कब्जा गरेका थिए।हेर त मानवहरु तिमीहरुले प्वाल बनाएको ओजोन सतहमा अहिले पुरिदै गैरहेको छ।तिमी विनाशकारी मानवहरु यस्को सजाय भोग्नै पर्छ।तिमीहरूको एउटै सजाय हो अब तिमीहरु थुनिनु पर्यो।
तिमीहरु दुष्ट कसैलाई छोडेकोछ्यौ र? मीरालाई पागल घोसित गर्यौ।जिससलाई सुलीमा चढायौ।अोशोलाई विष पिलायौ।कसलाई आन्नद सँग बाँच्न दिएका छौ ?
हे विनाशकारी मानव ब्रहाले तिमीहरूलाई हिंसाको लागि होइन अहिंसाको लागि निर्माण गरेका हुन्।संहारका लागि होइन निर्माणका लागि रचना गरेका हुन्।हे ब्रम्हाका सर्वश्रेष्ठ रचैता उनको अात्मालाई किन रुवाउदै छौ? म सुक्ष्म विषाणु किटाणु तिमी सँग हाथ जोडेर प्रार्थना गर्दैछु लोभ,लालच , तँ र म को बाटो त्याग।जीवनमा अान्नद छ उमंग छ उत्सव छ यसलाई मनाउ।प्रेम र खुशीमा रमाउ।