रौतहट १८ चैत । बिश्वब्यापी महामारीको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहट जिल्लाको माधव नारायण नगरपालिकाले ५० शैयाको क्वारेन्टाईन कक्ष संचालन गरेको हो । माधव नारायण नगरपालिकाले वडा नं ६ माधोपुरको श्री माध्यमिक विद्यालयमा २५ बेड र वडा नं ३ माध्यमिक विद्यालय सखुअवमा २५ गरी जम्मा ५० बेडको क्वारेन्टाइन कक्ष सञ्चालन भएको मेयर विरेन्द्र प्रसाद यादवले जानकारी दिनुभएको छ ।
शुरु गरिएको क्वारेन्टाईन निर्माणको काम पुरा भइसकेको र आजै बेलुकीदेखी क्वारेन्टाईन सञ्चालन पनि हुने मेयर यादबले बताउनुभयो । क्वारेन्टाईनको काम पुरा भइसकेको र अहिले मेसको व्यवस्थापन गर्ने काम भईरहेको छ ।
मेसको व्यवस्थापन भएपछि आज देखी क्वारेन्टाईन सञ्चालन हुने मेयर यादबले जानकारी दिनुभयो ।
क्वारेन्टाईन कक्षमा सीएमए, एचए, अहेव देखी लिएर तहसम्मका डाक्टरहरुले २४ औं घण्टा सेवा दिने मेयर यादबले बताउनुभयो ।
नगरका प्रत्येक वडामा लामखुट्टेको औषधि पठाइएको र आजैदेखि छर्ने काम पनि सुरु भइसकेको मेयर विरेन्द्र यादवले बताउनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here