रौतहट, १७ चैत्र ।
जिल्ला प्रशासन कार्यालय, रौतहटले कोरोना भाईरस रोकथाम तथा चेकजाचका साथै लकडाउन पालना बारे ३ प्रस्ताव माथि निर्णय गरेको जनाएको छ ।
रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बासुदेव घिमिरेको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकमा देहाय बमोजिमका पदाधिकारिहरुको उपस्थितिमा बसी निम्न निर्णयहरु भएको ।
निम्न निर्णय :-
१) निर्माण ब्यबसायी संघबाट DDMC लाई प्राप्त PPE (Personal Protecation Equipment लाई देहाय बमोजिमका निकायलाई हस्तान्तरण गर्ने निर्णय भएको ।
दुर्गाभगवती गाउँपालिका – २ थान, गौर नगरपालिका -४ थान, राजदेवी नगरपालिका – २ थान,परोहा नगरपालिका -२ थान, ईशनाथ नगरपालिका – २ थान, राजपुर नगरपालिका -२ थान, चन्द्रपुर नगरपालिका -४ थान, देवाही गोनाही नगरपालिका -२, जिल्ला प्रहरी कार्यालय रौतहट -३ थान, सशस्त्र प्रहरी बल नेपाल रौतहट -२ थान ।
२) सर्वसाधारणलाई घरभित्रै सिमित कायम गरी राख्नको लागी आज मिति २०७६।१२।१७ गते देखी गौर नगरपालिका तथा चन्द्रपुर नगरपालिका ईलाकामा खाना पकाउने ग्यास, खाद्य पदार्थ , अत्यावश्यक उपभोग्य सामग्री र तरकारी फलफुलको होम डेलिभरी गर्ने निर्णय गरियो । यसको कार्यान्वयनको ब्यवस्था सम्बन्धित उधोग वाणिज्य संघले मिलाउने, सुरक्ष निकाय तथा सम्बन्धित नगरपालिकाले आवश्यक सहयोग तथा समन्वय गर्ने निर्णय भएको ।
३) ग्रामिण क्षेत्रमा समेत Lock down को प्रभावकारी कार्यान्वय गर्न सुरक्षा निकायले सुरक्षा परिचालनलाई थप मजबुत बनाउने निर्णय भएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here