काठमाडौं, १७ । कोरोनाको आशंकामा राजधानीमा तीन जनाको मृत्यु भएको छ । सोमबार तीनै जनाको कोरोनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
प्रवक्ता देवकोटाका अनुसार पाटन अस्पतालमा ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । त्यस्तै वीर अस्पतालमा एक महिला र अर्का एक भारतीय पुरुष नागरिकको मृत्यु भएको हो । उनीहरु सबैको रिपोर्ट आउन केही समय लाग्ने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here