रौतहट १५ चैत । बिश्वब्यापी महामारीको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहट जिल्लाको राजपुर नगरपालिकाले ३० शैयाको क्वारेन्टाईन कक्ष संचालन गरेको हो ।
राजपुर नगरपालिकाले मा रहेको प्राथमिक स्वास्थ्य केंद्र राजपुर फरहदवामा शैयाको क्वारेन्टाईन संचालन गरेको हो ।
कोरोना भाइरसको संक्रमणबाट बेला मा बच्नका लागि क्वारेनटाइन निर्माण गरेको नगर प्रमुख मो सकिल अख्तर र निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरको विशेष पहल मा क्यारेन्टाईन ३० बेड वार्ड संचालनमा ल्याइएको छ ।
शुरु गरिएको क्वारेन्टाईन निर्माणको काम पुरा भइसकेको र आज देखी क्वारेन्टाईन सञ्चालन पनि हुने मेयर सकिलले बताउनुभयो ।
क्वारेन्टाईनको काम पुरा भइसकेको र अहिले मेसको व्यवस्थापन गर्ने काम भईरहेको छ ।
मेसको व्यवस्थापन भएपछि आजै देखी क्वारेन्टाईन सञ्चालन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी दिनु भयो ।
क्वारेन्टाईन कक्षमा सीएमए, एचए, अहेव देखी लिएर तहसम्मका डाक्टरहरुले २४ औं घण्टा सेवा पूर्णरूपमा तयारी अवस्थामा रहेका छन ।