रौतहट १५ चैत । बिश्वब्यापी महामारीको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहट जिल्लाको परोहा नगरपालिकाले २५ शैयाको क्वारेन्टाईन कक्ष संचालन गरेको हो ।
परोहा नगरपालिकाले वडा नं ४ मा रहेको श्री ब्रहमज्योती मा.वि. लौकाहामा शैयाको क्वारेन्टाईन संचालन गरेको हो ।


कोरोना भाइरसको संक्रमणबाट बेला मा बच्नका लागि क्वारेनटाइन निर्माण गरेको नगर प्रमुख शेख वकिल बताउनु भएको छ ।
शुरु गरिएको क्वारेन्टाईन निर्माणको काम पुरा भइसकेको र आजै बेलुकीदेखी क्वारेन्टाईन सञ्चालन पनि हुने मेयर वकिलले बताउनुभयो ।


क्वारेन्टाईनको काम पुरा भइसकेको र अहिले मेसको व्यवस्थापन गर्ने काम भईरहेको छ ।
मेसको व्यवस्थापन भएपछि आजै देखी क्वारेन्टाईन सञ्चालन हुने योजना प्रमुख अब्दुल रब अंसारी जानकारी दिनुभयो ।

क्वारेन्टाईन कक्षमा सीएमए, एचए, अहेव देखी लिएर तहसम्मका डाक्टरहरुले २४ औं घण्टा सेवा मेयर वकिलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here