सप्तरी १४ चैत । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले ‘लकडाउन’ गरेकै बेला सप्तरीको सरकारी कार्यालयमा चोरी भएको छ । बोदे बरसाईन नगरपालिकाको वडा कार्यालय, स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयमा बुधवारराति लाखौं रुपैयाँ बराबरको सामान चोरी भएको हो ।

सरकारले आह्वान गरेको ‘लकडाउन’ कार्यान्वय गराउन सर्वसाधारण घरभित्रै रहँदै आएको मौका छोपेर केही व्यक्तिले वडा नम्वर ३ को कार्यालय तथा कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयमा ताल्चा फुटाएर चोरी गरेका हुन् । वडा कार्यालयबाट राजस्वतर्फ उठाइएको १८ हजार रुपैयाँ, १–१ थान कम्प्युटर र पंखा तथा एक थान इन्टरनेट चलाउने रोटर चोरी भएको वडा अध्यक्ष अनोजकुमार यादवले जानकारी दिनुभयो ।

‘लकडाउन’को बेला पनि प्रहरीले गस्ती नगर्दा यस्ता घटना भएको भन्दै लकडाउनलाई कार्यान्वय गराउन पनि प्रहरीले गस्तीतर्फ ध्यान पु¥याउन अध्यक्ष यादवले आग्रह गर्नुभयो । यसैगरी स्वास्थ्य चौकीबाट पंखा, वीपी इन्टुमेन्ट, वेट मेसिन ९गर्भवति महिलाको तौल नाप्ने यन्त्र० र ओटो कलेव मेसिन चोरी भएको चौकीका इन्चार्ज बद्रीनारायण ठाकुरले बताउनुभयो ।

इन्चार्ज ठाकुरका अनुसार स्वास्थ्य चौकी भवनभित्रै रहेको अतिरिक्त हुलाक कार्यालयबाट पनि केही कागज पत्रहरु चोरी भएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here