रौतहट १४ चैत । रौतहट जिल्लको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवले कोरोना भाइरसबाट बच्न नगर क्षेत्रका अन्तरगतका प्रत्येक वाडको गाउँ गाउँमा सबुन र मास्कको वितरण गरेको छ ।


विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाईरसको संक्रमणबाट आफनो नगरवासिमा साबुन र मास्कको व्यवस्था गरिएको मेयर यादवले बताएका छन ।
मेयर यादवले आफ्नो नगर क्षेत्रका नागरिकलाई कोरोना भाइरसबाट बच्न बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुन भीडभाडमा नजान खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख कुहिनाले ढाकन हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गर्न ज्वरो आएमा वा खोकी लागेमा सतर्कता अपनाउन आग्रह समेत गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here