रौतहट १४ चैत । बिश्वब्यापी महामारीको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाले १० शैयाको क्वारेन्टाईन कक्ष संचालन गरेको हो ।

फतुवा विजयपुर नगरपालिकाले वडा नं १० मा रहेको श्री उच्च मा.बि स्कुल दुधीयवा शैयाको क्वारेन्टाईन संचालन गरेको हो ।

कोरोना भाइरसको संक्रमणबाट बेला मा बच्नका लागि क्वारेनटाइन निर्माण गरेको नगर प्रमुख गोपाल राय यादबले बताउनु भएको छ ।

शुरु गरिएको क्वारेन्टाईन निर्माणको काम पुरा भइसकेको र आजै बेलुकीदेखी क्वारेन्टाईन सञ्चालन पनि हुने मेयर यादबले बताउनुभयो ।

क्वारेन्टाईनको काम पुरा भइसकेको र अहिले मेसको व्यवस्थापन गर्ने काम भईरहेको छ ।

मेसको व्यवस्थापन भएपछि आजै देखी क्वारेन्टाईन सञ्चालन हुने मेयर यादबले जानकारी दिनुभयो । क्वारेन्टाईन कक्षमा सीएमए, एचए, अहेव देखी लिएर तहसम्मका डाक्टरहरुले २४ औं घण्टा सेवा दिने मेयर यादबले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here