काठमाडौं १२ चैत । ट्राफिक प्रहरीले लकडाउन उल्लंघन गर्ने करिब ९ सय गाडी नियन्त्रणमा लिएको छ । लकडाउनको दोस्रो दिन प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट ८ सय ९१ सवारीसाधन बुनियन्त्रणमा लिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बुधबार दिउँसो ३ बजेसम्म उल्लेखित संख्यामा गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नियन्त्रणमा लिएकेमध्ये दुईपाङ्ग्रे ७ सय ७० र चारपाङ्ग्रे १ सय २१ रहेका महाशाखाले जनाएको छ ।
घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उहाँले उल्लेख गर्नुभयो । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताउनुभयो । प्रहरीले हिजो पनि मुलुकका विभिन्न ठाउँबाट १ हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मंगलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ । सभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here