काठमाडौं १२ चैत । राष्ट्रिय जनता पार्टी नेपालकी वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले आफ्नो होटेल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन बनाउनका लागि दिएकी छिन् ।
प्रदेश २ को महोत्तरी बर्दिवासमा रहेको आफ्नो होटेल पावन मिथिलालाई क्वारेन्टाइनमा प्रयोगको लागि दिएको राजपा नेपालका प्रवक्ता एवं महासचिव केशव झाले जानकारी दिए । प्रदेश २ को सरकारले आवश्यक परे क्वारेन्टाइनका लागि सो होटल प्रयोग गर्न सकिने सांसद निर्जला राउतले बताइन् ।
साढे दुई कट्ठामा फैलिएको सो होटलमा ४५ वटा कोठा रहेका छन् भने तीनवटा ठूला ठूला हलहरु रहेका छन् । पार्किङ्गको पनि पर्याप्त सुविधा रहेको छ । कोरोना भाइरसको संक्रमण शुरु भएपछि सांसद राउतले सो होटेल बन्द गराएकी थिइन् । उनले भनिन्, ‘यो अवस्थामा देशका लागि केही गर्न पाउनु नै ठूलो कुरा हो, मसँग यही थियो अहिले तत्कालका लागि क्वारेन्टाइनका लागि दिने घोषणा गरेको छु, पछि सक्ने अरु पनि सहयोग गर्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here