काभ्रे १२ चैत । बुधबार बिहान ११ बजेसम्ममा लकडाउन उल्लङ्घन गर्ने ५९ वटा सवारीसाधनलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै लकडाउनको उल्लङ्घन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बनेपा, धलिखेल, भकुण्डे, पाँचखाल लगायतका क्षेत्रबाट ५६ वटा मोटरसाइकल, एउटा गाडी र दुई वटा ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार कोरोना ९कोभिड–१९० भाइरस संक्रमण रोकथामका लागि सरकारले लगाएको ुलकडाउनलाई पूर्ण कार्यान्वयनका लागि काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाली सेनाका कर्णेल लगायतसहितको टोली विभिन्न क्षेत्रको अनुगमनमा निस्किएको छ । आमनागरिकको हितका लागि लकडाउन घोषणा गरिएको पूर्ण पालना गरिदिन तामाङ्ले सर्वसाधारणलाई अपिल गरेका छन् । सभार जनता समाचार