कपिलवस्तु ११ चैत । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको लक डाउन उलंघन गर्ने ८० मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तको चन्द्रौटामा निषेधाज्ञा उलंघन गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय चद्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।

यस्तै कपिलवस्तुको कृष्णनगमा सात जनालाई इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको छ । कृष्णनगर मताहतका क्षेत्रबाट ७ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिए । त्यस्तै मार्यदपुर तौलिहवा क्षेत्रबाट निषेधाज्ञा उल्लंघन गर्ने १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । सभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here