रौतहट ११ ,चैत । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को असर न्यूनीकरण गर्नका लागि चन्द्रपुर नगर उधोग बाणिज्य संघले आवश्यक बस्तु बाहेका सवै व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणलाई रोक्न नगर उधोग बाणिज्य संघको सोमबार बसेको बैठकले सरकारको निर्णयलाई समर्थन गर्दै व्यापार ÷व्यवसाय बन्द गर्ने निर्णय गरेको हो । निर्णय अनुसार किराना, खाध्यान्न, औषधी, फलफुल , तरकारी, पट्रोल पम्प, ग्यास, दुध, लगायतका आवश्यक बस्तुको व्यवसाय बन्द नहुने नगर उधोग बाणिज्य संघका सचिव सुमन गौतमले बताउनुभयो । अन्य व्यवसायको हकमा भने अर्को सूचना नहुंदा सम्म बन्द गर्ने निर्णय भएको उहाले बताउनुभयो । अति आवश्यक बस्तुको कृत्रिम अभाव गरी मुल्यबृद्धि नगर्ने र नगराउन व्यवसायीमा अनुरोध गरिएको उहाको भनाई छ ।चन्द्रपुर नगर उधोग बाणिज्य संघको प्रेस बिज्ञप्ती अनुसार यस समयमा उपभोक्तालाई सरल र सहज तरिकाले तोकिएको मुल्यमा आवश्यक बस्तु उपल्वध गराउन भनेको छ । उधोगी व्यवसायीले कोरोना भाइरसको संक्रमण रोक्न आवश्यक सामग्री मास्क, सेनेटाईजर, हैन्डवास, ग्लव, लगायतका आवश्यक खाध्यान्न ,ईन्धन लगायतको सामग्रीको तोकिएको मुल्यमा उपल्वध गराउन आग्रह गरेको संघका अध्यक्ष पंण्डित प्रसाद जयसवालले बताएका छ