रौतहट ११ चैत । रौतहटको गुजरा न पा ३ मा कोरोना भाइरस बाट जोगिने सचेतना मुलक सन्देश सहित को सामग्री टासिएको छ । स्थानीय समाजसेवी ईश्वर प्रधान को पहल तथा केशब पौडेलको सहयोगमा सन्देश सहित को सामग्री टासिएको हो । गुजरा न।पा ३ मा पर्ने जंगलसहिया,सिमरी,बलुवा र सिमरामा गरी ६० वटा संदेश मुलक ब्यानर टासिएको समाजसेवी प्रधानले बताए । उहाले अझै पनि गाऊ घरमा यो बिश्वब्यापी कोरोनाको थाहा नभएको कारण सचेत रहन र सावधानी अपनाऊँन यो कार्य गरिएको बताउनु भयो । कोरोन भाईरस सजिलै फैलने भएको हुनाले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन सावधानी अपनाउन समेत उहाले सम्पूर्णमा आग्रह गर्नु भएको छ । यो महामारी संग बच्न सरकारले गरेको लकडाऊनमा कसैले अटेरी नगरी सबैले साथ दिनपर्ने उहाको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here