चितवन ११ चैत । भरतपुरस्थित कोरोना बिशेष अस्पतालमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ रुघाखोकी र ज्वरोले ग्रस्त भएर आइसोलेसनमा राखिएका वीरगञ्जका ३० वर्षीय युवको मृत्यु भएको छ । उनको मंगलबार बिहान मृत्यु भएको हो ।
उनलाई कोरोना भएको हो कि भन्ने आशंका समेत गरिएको छ तर पुष्टि भने भइसकेको छैन । चिकित्सकले भने युवकको निमोनियाको कारण मृत्यु भएको जनाएका छन् । युवकको मृत्यु लगत्तै प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ । सभार जनता समाचार