बागलुङ ११ चैत । ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका हुन् । गाउँपालिकाका कर्मचारीले एक महिनाको तलबको १० प्रतिशत रकम कोषमा सहयोग गर्ने योजना अधिकृत जित सुनारले जानकारी दिनुभयो ।

‘देशमा आएको सङ्कटको घडीमा सबैले आआफ्नो तरिकाबाट सहयोग गर्न आवश्यक छ’ सुनारले भन्नुभयो ‘सबैले सहयोग गर्दा नेपालको अहिलेको अवस्था समाधान हुन सक्छ ।’ गाउँपालिकामा कार्यरत ३५ कर्मचारीले तलबबाट १० प्रतिशतको हुन आउने १ लाख १५ हजार कोषमा जाने सुनारले जानकारी दिनुभयो । सभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here