काठमाडौं १० चैत । सरकारले मुलुकलाई मंगलबारदेखि लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले मुलुकलाई लकडाउन घोषणा गरेको हो । लकडाउन घोषणा सरकारले अत्यावश्यक बाहेक सबै सेवाका कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ ।
सबै सवारी साधान समेत बन्द गरिने भएको छ । सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । मुलुक लकडाउन घोषण भए पनि खाद्यान्न र अत्यावश्यक वस्तु भने ढुवानी हुनेछ । सभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here