रौतहट ,१० चैत । रौतहटको सदरमुकाममा रहेको सबभन्दा पुरानो गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले आज बिहान आफ्नो फेस बूक बाल मार्फत कोरोना भाइरस ९कोभिड(१९० को क्वारेन्टाइनका लागि आफ्नो होटल सिया प्यालेस दिने घोषणा गरेका
कोरोनासँग लड्न भौतिक पूर्वाधार आवश्यक भएमा कोरोना भाइरसको समस्या समाधान नहुनजेल सम्मका लागि २२ कोठामा ४० बेड भएको होटल सिया प्यालेस क्वारेन्टाइन बनाउनका लागि निशुल्क उपलब्ध गराउने नगर प्रमुख गुप्ताले बताए ।
कोरोना भाइरस विरुद्ध लड्नका लागि आवश्यक परेको खण्डमा जुनसुकै निकायले प्रयोग गर्न सक्ने नगर प्रमुख गुप्ताको भनाइ छ ।
गौर नाका रौतहटको प्रमुख नाका हो , यहाबाट ओहोरदोहोर गर्नेको संख्या अत्याधिक छ, कोरोनाको दृष्टिकोणले अत्यन्त जोखिम पूर्ण पनि छ,’ उनले भने, ‘कोरोना विरुद्ध लडन यहाँको मेडिकल पूर्वाधारले मात्रै नपुग्न सक्छ, त्यसका लागि होटल प्रयोग गर्न दिने घोषणा गरेका हुँ ।’
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वको अर्थतन्त्र डगमगाएको छ । छिमेकी मुलुक भारतका विभिन्न राज्यमा कोरोनाको संक्रमण देखिएपछि रौतहटमा पनि कोरोना संक्रमण बढने प्रवल सम्भावना देखिएकोले आफ्नो होटेल सिया प्यालेस कोरोन्टाइन बनाउन दिने घोषणा गरेका हुँ ।’