रौतहट,९,चैत । बिश्व भरि कोरोना भाइरसको महामारी फैलिए सँगै गढीमाई नगरपालिका सतर्क रहन कोरोना भारइस बारे सचेतना तथा मास्क बितरण गरिएको छ ।
गढ़ीमाई नगरपालिकाको आयोजन र इलाका प्रहरी कार्यालय गरुडाको सहयोगमा गौर देखि चन्द्रपुर जाने बिरेन्द्र राजमार्ग सड़क खण्डमन इलाका प्रहरी कार्यालय गरुडा अगाडी नगर प्रमुख श्याम प्रसाद यादवले आज बिहानै २ हजार थान मास्क र सेनिटाईजर वितरण गरेका छन ।

रौतहटको मुख्य सडकको रुपमा चपुर गौर रहेको हुनाले त्यहाबाट आवतजावत गर्ने बस, ट्रक, टिपर, मोटरसाईकल, टंगा लगायत पैदल यात्रुलाई कोरोना भाईरसबाट सुरक्षित र सर्तकता अपनाउन उदेश्यले सबैलाई निशुल्क मास्क र सेनिटाइजर हातमा लगाएर सफा रहन सन्देश समेत मेयर यादवले दिएका छन । नगर प्रमुख यादवको नेतृत्वमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समितिले मास्क, सेनिटाईजर तथा साबुन साबुन पानीको वितरण गरेका छन । यस बाहेक सबै वडाको स्वास्थ्य चौकीमा हेल्प डेस्क समेत व्यवस्था गरिएको नगर प्रमुख यादवले बताए ।
कोरोना भाईरसबाट बाच्न मास्क वितरण कार्याक्रममा नगरका उपप्रमुख सुभद्रा गुप्ता, नि.कार्यालय प्रमुख नाग्न्द्र प्रसाद यादव, कर्मचारी तथा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो, प्रहरी निरीक्षक केदारमान ढोंग सहितको उपस्थिति रहेको थियो ।