रौतहट ६ चैत्र । रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं ६ हर्षाहामा रहेको श्री बतहु मा बि कक्षा शिशु देखि दश कक्षा सम्मको छात्रछात्राहरुलाई छात्रवुती वितरण गरिएको छ ।
सो बिद्यालयका प्रधानध्यापक उपेन्द्र महतो आफनै नेत्रीत्वमा बुधबार कक्षा शिशु देखि कक्षा दश सम्मको ६५० छात्रछात्राहरुलाई छात्रवुती वितरण गरिएको हो । सो बिद्यालयका प्रधानध्यापक उपेन्द्र महतो सरहनिय कामहरु गर्न थालेपछि उनलाई अभिभावकहरुले रुचाउन थालेको छ । महतो सो बतहु मा.वि अनुसासित तरिकाले विगत लामो समयदेखि चलाउदै आएको हो ।