रौतहट ४ ,चैत । रौतहटको चन्द्रपुर–२ स्थीत जुडिबेलाको माध्यमिक बिद्यालयका कक्षा ९ मा अध्यन गर्ने ३० जना छात्रा लाई निशुल्क साईकल बितरण गरिएको छ । जानकी महिला जागरण समाज जनकपुरद्धारा छात्राका लागी साईकल उपहार कार्यक्रम अन्तर्गत सो बिद्यालयको कक्षा ९ मा अध्यनरत छात्रा लाई साईकल बितरण गरिएको छ । छोरीहरुलाई शिक्षा प्रति आर्कषित गर्ने र बालविवाह जस्तो कु प्रथाको निर्मुल गर्ने उदेश्यका साथ गठन गरिएको संस्थाले कक्षा ९ मा अध्यनरत छात्राहरुलाई साईकल बितरण गरेको हो ।जानकी महिला जागरण समाजले विश्वका विभिन्न व्यक्तिहरुबाट प्राप्त भएको रकमले साईकल खरिद गरी बितरण गर्ने गरेको संस्थाका कार्यक्रम संयोजक शसी भुषण रायले बताउनुभयो । साईकल बितरण कार्यक्रममा चन्द्रपुर नगरपालिकाका वडा नंं २ का वडा अध्यक्ष दुत्त वहादुर थिङ्ग बुद्ध ले आयोजक संस्थालाई धन्यवाद दिँदै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेँलको पहलमा सहयोग प्राप्त भएको जानकारी दिनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका आचार्यले साईकल प्राप्त भएपछि टाढाबाट आउने विद्यार्थीहरुलाई सहज हुने बताउनुभयो ।