राैतहट, २ चैत । रौतहट गरूडा नगरपालिकाका वडा नं ६ पोठीयाहीका वडा अध्यक्ष अशोक यादव माथी तत्कालीन माओवादीबाट वडा अध्यक्षका प्रत्यासी रामबाबु चौधरीले आक्रमण गरे पछि उत्पन्न विवादले उग्र रुप लिएकाे छ ।
गएराति पुर्व माओवादीबाट वडाका प्रत्यासी बनेका रामबाबु चौधरीको समुहले आक्रमण गर्दा गरि १५ दिन अगाडि खरिद गरिएको वडा अध्यक्ष यादवकाे नेपाली नम्बरकाे स्कारपियाे गाडी समेत तोडफोड गरेको थियोे ।
वडाअध्यक्ष अशोक यादव पोठीयाहीबाट अमरपटी घर जाने क्रममा शनिवार साझ करिव ७ बजेको समयमा एक्कासी पुर्व माओवादीका वडाका प्रत्यासी रामबाबु चौधरीको समुहले आक्रमण गरि वडा अध्यक्ष यादवको गाडी सिसा समेत फुटाएका थिए।
आफू माथि भएको आक्रमण र गाडी ताेडफाेडबारे प्रहरीमा जानकारी गराउदा प्रहरीले दाेषीमाथि कार्यवाही नगरि मुखदर्शक हुदाँ आईतवार दुई समुह विच भिडन्त हुन पुगेको वडा अध्यक्ष अशोक यादवकाे आरोप रहेको छ ।
आईतबार भएको दुवै पक्षकाे झडपमा चाैधरी पक्ष समेतकाे केही क्षति भएको र केही व्यक्तिहरु घाइते समेत भएको छ । घटनाबारे अनुशन्धान भई रहेको राैतहट प्रहरीले जनाएको छ ।