काठमाडौं १ चैत । विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् र चार हजार ९४७ जनाको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमित भएकामध्ये ७० हजारभन्दा बढी निको भएर घर फर्केका छन् । अझै पाँच हजारभन्दा बढी सङ्क्रमित उच्च जोखिममा छन् । पछिल्लो समय सबैभन्दा बढी चीनका नागरिक निको भएर फर्केका छन् । कोरोना फैलिएको स्थान बुहानमा पुगेर चीनका राष्ट्रपति सी चिनफिङले चीन कोरोना सङ्कटबाट माथि उठेको सन्देश दिनुभएको छ ।

सो क्रममा चीनका स्वास्थ्यकर्मीले लगाएको मास्क खोलेर सङ्क्रमण टाढिँदै गएकोमा खुसी व्यक्त गरेका थिए । हालसम्म ८० हजार ९८१ जनामा संक्रमण भेटिएको छ, जस मध्ये तीन हजार ९१७ ले संक्रमणका कारण ज्यान गुमाएका थिए । पछिल्लो समय २१ जनामा मात्र नयाँ सक्रमण भेटिनुले चीन कारोना संकटबाट उम्कदैँ गएको देखिन्छ । सभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here