विराटनगर १ चैत । कोरोना भाइरसका कारण विराटनगरमा विगत साढे दुई महिनादेखि सञ्चालन गरिएको रु। १० मा भरपेट खाना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी रुपमा महामारी भनी नामाकरण गरी भेटघाट, सम्मेलन, पार्टीलगायत सार्वजनिक भेला नगर्नु नगराउनू भनी सचेत गराएबाट तथा भारत, नेपाल र विश्वका १२८ भन्दा बढी मुलुकमा उक्त भाइरसको संक्रमण देखा परेको भन्दै विराटनगरका समाजसेवी दिलीप धाडेवाको अगुवाईमा विगत ७४ दिनदेखि जारी रहेको रु। १० मा भरपेट खाना खुवाउने र रु। ३० मा होम प्याकको प्रावधान रहेको कार्यक्रम स्थगित गरिएको छ । पीडादायी समयका कारण सर्वसाधारणको स्वास्थ्यप्रति सावधानी अपनाउँदै मिति चैत्र १ गते शनिबारका दिनदेखि अनिश्चितकालीन समयका लागि बन्द गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।
रु।१० भरपेट खाना कार्यक्रम परिवारका संयोजक दीलिपकुमार धाडेवाद्वारा हस्ताक्षतिर विज्ञप्तिमा खाना खुवाउनका लागि तनमन र धनले सहयोग गर्ने शुभेच्छुकप्रति आभार व्यक्त गर्दै निकट भविष्यमा पुनः कार्यक्रम सञ्चालनमा आउने पनि जानकारी गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here