काठमाडौं २४ फागुण । कोरोना भाइरसबाट बच्न मास्कको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख आँखा नछुनु हो। साथै कुहिनामा वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न सुझाब दिइएको छ । भाइरसबाट प्रभावितले भने मास्क लगाउनु अनिवार्य छ। यसले अरुलाई रोग सर्नबाट बचाउछ।
विश्व स्वास्थ्य संगठन तथा चिकित्सकका अनुसार यो भाइरसबाट बच्न ह्यान्ड स्यानिटाइज तथा स्प्रिट कपासले प्रत्येक घन्टा हात सफा गर्ने, खाना खानुभन्दा अगाडि घटीमा २० सेकेन्ड साबुनपानीले हात धुने तथा सफा टाबेलले मात्र हात पुछ्नुपर्छ। भाइरस मानिसको हातमा रहँदा १० मिनेट बाँच्न सक्छ। त्यसैले जोगिनका लागि हात धोइरहनुपर्छ।
यो भाइरस २६र२७ डिग्री तापक्रममा बाँच्नै सक्दैन भनिएको छ। तातो पानी पिउनु र घाम ताप्नु यो भाइरसबाट बच्ने अर्को राम्रो उपाय युनिसेफले सुझाएको छ। त्यसैगरी चिसो आइसक्रिम, कोल्ड ड्रिंग्सबाट टाढा रहन भनिएको छ। यदि कसैलाई टन्सिल भएको छ भने कारोनाको जोखिम बढी हुन्छ। त्यसैले नुन पानीले कुल्ला गर्नुपर्छ। आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। सभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here